जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १९:०६

बागी उम्मेदवारलाई कांग्रेसले गर्यो पाँच वर्षका लागि निष्कासन


काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराउनुभएको हो ।

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गर्नुभएको थियो । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताउनुभयो ।