कैलाली, २६ असोज । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाउनुभएको छ । निर्वाचन आयोगले आज ओझालाई माछा चुनाव चिन्ह दिएको हो ।
कैलाली–५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार हुनुहुन्छ ।
यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिनुभएको क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाउनुभएको छ । भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधि हो ।













प्रतिक्रिया दिनुहोस्