काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टीले आफ्नो मुख्यमन्त्री रहेको मधेश प्रदेशमा अन्य दलको मन्त्री बर्खास्त गर्ने निर्णय गरेको छ ।
संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने निर्णय जसपाले गरेको हो । मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसको बदला लिने निर्णयमा जसपा पुगेको हो ।
मधेश प्रदेशमा जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री हुनुहुन्छ । पार्टी निर्णयसँगै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउने गृहकार्य अघि बढाउनु भएको छ । मुख्यमन्त्री राउतले राजीनामा दिन भनिसक्नु भएको स्रोतले बतायो । राजीनामा नदिए बर्खास्त गर्ने उहाँको तयारी छ ।
मधेस सरकारमा काँग्रेसबाट तीन, माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन ।













प्रतिक्रिया दिनुहोस्