तनहुँ, २८ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन आचारसंहिता विपरित हँसिया–हथौडाको झण्डा बोकेर निर्वाचन प्रचारमा सहभागी हुनुभएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै पौडेल व्यास–१३ को बेनीकोटमा तनहुँ क्षेत्र–१ का नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरूसँग निर्वाचन प्रचारमा हिड्नु भएको हो ।
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखी मात्र निर्वाचन प्रचारप्रसार सम्बन्धि कार्य गर्न पाइने भन्ने व्यवस्था गरेकोमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको हो ।













प्रतिक्रिया दिनुहोस्