काठमाडौं, २८ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधि र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिएका ५ जनालाई कारबाही गरेको छ ।
नेकपा एमालेका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने कञ्चनपुर–४ र कैलालीका–१ गरी पाँच जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।
कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवारी दिनुभएको भक्तबहादुर अधिकारी, प्रतिनिधि सभा क्षेत्र नं. १ का खेम सुवेदी, प्रदेश सभा २ (१) का टेकबहादुर हमाल, १ (२) का टेकबहादुर साउँद र कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का विजय सिंह मयाललाई एमालेले कारबाही गरेको हो ।
पार्टी विधानको धारा ८० को ६ बमोजिम आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर गम्भिर प्रकृतिको अनुशासन उल्लघंन गरेकोले उहाँहरुलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशित गरिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्