काठमाडौं, असोज २९ । यसपटकको चुवनामा बिचार र सिद्धान्त र आचरण तथा अनुशासनमा नाम कहिलएकै नेताहरु अवसरवादीका रुपमा देखिएका छन । लामोसमय अवसर पाइसकेका नेताहरु पार्टीबाट टिकट नपाएकै कारण अवसरवादी बनेर स्वतन्त्र वा अन्य दल प्रवेश गरी उम्मेदवार बनेर आफ्नो आदर्शलाई जलाएका हुन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरै जना दल बदल्दै उम्मेदवार बनेर आफ्नो अनुहारमा आफै कालो पोत्ने काम गरेका हुन । एउटा दलबाट टिकट नपाउने भएपछि अर्को दलमा गई चुनावमा उम्मेदवार बन्ने नेता धेरै छन यसपटक । यस्तो पात्रमा एमाले स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र प्रभु साह सवैभन्दा अग्रपंक्तिमा देखिनुभएको छ ।
साहले माओवादी रहँदा अवसर पाएको पायै गरे । त्यताबाट नभएपछि एमालेमा आउनु भयो । यता पनि अवसरको कुनै कमी भएन । तर, उनै नेता साहले एमालेबाट टिकट दिनभर गोजीमा राखेर अबेर स्वतन्त्रबाट रौतहट ३ मा उम्मेदवारी दिनुभयो गठबन्धनको सिआइडी बनेर ।
कम्युनिस्ट विचारधाराका ‘खम्बा’ भन्दै प्रचार गरिएका अर्का नेता घनश्याम भुसाल पनि साहकै अवसरवादी लाइनमा लाग्नुभयो । आदर्श र सिद्धान्तको राजनीति सिकाउने भुसालले आफूले टिकन नपाएपछि पार्टी नै परित्याग गर्नुभयो । भुसालले एमालेबाट रुपन्देही ३ मा २०७४ सालको निर्वाचन जित्नुभएको थियो । यसपटक गठबन्धनको सहयोगमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा एमालेका छविलाल बिश्वकर्मा उम्मेदवार हुनुहुन्छ ।
एउटा दलित नेताकै बिरुद्ध भुसाल गठबन्धनतिर लागेर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । यो कामले भुसालको अहिलेसम्मको सवै कुरा र दर्शन तिनाउमा बगेको छ । एमालेकी गंगा चौधरीले टिकट नपाएपछि दाङ १ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको छ । चौधरी २०७४ सालमा समानुपातिक सांसद बन्ने भएपछि थरुहट तराई पार्टी नेपाल छोडेर एमालेमा लाग्नुभएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला टिकट नपाएपछि चितवन ३ मा सत्ता गठबन्धनको बागी बन्नुभएको छ । उहाँलाई भने एमालेले आफ्नो जिल्ला अध्यक्षसमेत रहनुभएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको छ । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुनुभएको थियो । दाहाल चितवन ३ मा असुरक्षित महसुस गरी गोरखा २ मा जानुभएको छ ।
यस्तै दृष्य देखिएको छ धनुषा २ मा । सोनिर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियाले टिकट पाउने भएपछि एमालेका आकांक्षी गगाराम यादव जसपातिर लागेर उम्मेदवार बन्नुभएको छ । एमाले जसपा गठबन्धन भएपछि उहाँको अवस्था दयनीय बन्ने निश्चित छ ।
यस्तै तालमेलमा एमालेको भागमा परेपछि जसपाका नेता लक्ष्मी महतो महोत्तरी १ मा पार्टीपरिवर्तन गरी उम्मेदवार बन्नुभएको छ । सो क्षेत्र एमालेको भागमा परेपछि महतो सोही दिन एमाले प्रवेश गरी एमाले जसपा पठबन्धनको साझा उम्मेदवार बन्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मियाँ एमालेमा प्रवेश गरी बारा ४ मा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडनु भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो पार्टी होइन, एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवार बन्नुभएको छ ।
एमालेबाट २०६४ मा संविधानसभा सदस्य बनेका विनोद चौधरी २०७४ मा कांग्रेसबाट सांसद बन्नुभएको थियो । उहाँ कांग्रेसबाटै नवलपरासी पश्चिम १ मा चुनाव लड्दै हुनुहुन्छ । सो क्षेत्रमा यसअघि हृदयश त्रिपाठीले चुनाव जित्दै आउनु भएको छ । यसपटकपनि एमालेसँगको सहकार्यमा त्रिपाठी नै उम्मेदवार हुनुहुन्छ ।
झापा २ मा एमाले छाडेका हरिबहादुर रानालाई सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले टिकट दिएको छ । कांग्रेस छोडेर लालबाबु सिंह भुइँहारले लोसपाबाट टिकट लिनुभएको छ ।
पार्टीबाट अवसर नपाएपछि कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । सिंह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । यस्तै पुराना कम्युनिष्ट नेता एकीकृत समाजवादीबाट टिकट नदिएपछि धनुषा २ मा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । यो निर्वाचनमा पार्टी अदलबदल गर्नेको लर्को नै छ । आफू रहेको पार्टी टिकट नदिएमा तुरुन्तै पार्टी अदलबदल गर्ने प्रवृत्ति अत्यधिक छ। प्रतिनिधिसभामा मात्रै होइन प्रदेशसभाका टिकट लिनको पार्टी अदलबदल गर्नेहरू धेरै छन्।
एमालेले टिकट नदिएपछि एकीकृत समाजवादीबाट प्रह्लाद गिरीले उम्मेदवारी दिनुभएको छ । गिरी पर्सा ३ (ख) बाट उम्मेदवार बन्नुभएको हो । गिरीले दाबी गरेको क्षेत्र जसपाको भागमा परेपछि जसपाले डा.मधु गुप्तालाई उम्मेदवार बनाएको छ । इटहरी उपमहानगरपलिका पूर्वमेयर द्वारिकालाल चौधरीले टिकटकै लागि एमाले छोडनुभएको छ । माओवादी केन्द्रमा गएका चौधरी सुनसरी २ कमा सत्तागठबन्धनका उम्मेदवार बन्नुभएको छ ।
यस्तै तालमेलमा जसपाको भागमा परेपछि एमाले नेता किशोरी साहले पार्टी छाडेर धनुषा १ प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएको छ । बाँकेमा माओवादी केन्द्र छोडेका आदेश अग्रवाल र अम्मर खड्का जसपाबाट उम्मेदवार हुनुहुन्छ । यस्तै कुन्दन कुसवाह, योगेन्द्र शाही र रामबीर मानन्धर पनि अनैतिकको सूचीमा दर्ज हुनुभएको छ । आफूलेटिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर आफरुहरुले राजनीतिक ेवल आफ्नो लागि मात्र गरेको र अरुले अवसर पाउनु हुन्न भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्