हेटौंडा, २९ असोज । मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार कमल थापाले घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएको थापा पछिल्लो दिनहरुमा चुनावी अभियानलाई अगाडी बढाउँदै सूर्यमा मतदान गर्न अनुरोध गर्दै घरदैलो अभियानमा हुनुहुन्छ ।
आज बिहान हेटौंडा–५ को विभिन्न स्थानमा घरदैलो गर्दै एमालेको सूर्य चिन्हमा मतदान गर्न मददाताहरुसँग अुनरोध गर्नुभयो । यसअघि, शुक्रबार थापा हेटौंडा ६ र ८ को घरदैलो अभियानमा हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्