जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १८:३८

भीमेश्वरमा १ सय ५१ सदस्यीय चुनाव परिचालन कमिटी


काठमाडौं, असोज २९ । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले आगामी ४ मंसिरमा सम्पन्नहुने आमनिर्वाचनको तयारीका लागि १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय तथा १३ सदस्यीय सल्लाहकार कमिटीसमेत गठन गर्दै निर्वाचन केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकमा बोल्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेल, केन्द्रीय सदस्य एव वागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायत अतिथिहरु सहभागी हुनुहुन्थ्यो ।

पूर्वमन्त्री पोखरेलले दोलखामा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुक्ष्म तयारीका साथ परिचालित हुन निर्देशित गर्नुभयो । उहाँले मुलुकको राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र समृद्धि एमालेबाट मात्र सम्भव भएको उल्लेख गर्नुभयो ।

मुक्ति समाज पनि चुनावी तयारीमा केन्द्रीत

यसैबीच, आगामी ४ मंसिरको निर्वाचन तयारीका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज दोलखाको पनि विस्तारित बैठक सम्पन्नभएको छ ।

चरिकोटस्थित पार्टी कार्यालय, दोलखामा सम्पन्न बैठकले जिल्लास्थित मुक्ति समाजका सबै पालिका र वडास्तरीय कमिटीहरुलाई एमालेका उम्मेद्वारहरु जिताउन सक्रिय बनाउन परिचालित गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।