विराटनगर, असोज २९ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले कम्तीमा ५ हजार युवालाई रोजगार दिलाउँने बताउनु भएको छ ।
आज वेलबारी –५ को शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पनि युवाहरुलाई रोजगारी र उद्यामशीलतामा जोड्न आवश्यक रहेको बताउनु भयो ।
‘यस क्षेत्रका युवाहरुको रुची अनुसार सीपमुलक तालिम र क्षमता विकास गरी रोजागरीमा लगाइने छ,’ उहाले भन्नुभयोे, ‘उद्यममा जोडिन चाहनेलाई प्रोत्साहन गरिनेछ ।’

यस्तै मोरङ क्षेत्र नं. ४ कृषि प्रधान क्षेत्र रहेको भन्दै उहाँले यहाँका सबै कृषकका खेतमा सिचाईंको सुविधा पुर्याइने बताउनु भयो । सिचाईं नपुगेका क्षेत्रमा सामुहिक बोरिङको व्यवस्था गरी सिचाईं पुर्याइने बताउनुभयो ।
शिक्षाका पहुँचमा नपुगेका यस क्षेत्रका हरेक बालबालिकालाई अनिवार्य विद्यालय शिक्षाको व्यवस्था गर्ने, सामुदायीक विद्यालयहरुको गुणस्तर बृद्धि गर्न जोड दिइने बताउनु भयो ।

‘सबै बालबालिका विद्यालय जान्छन्, गुणस्तरीय शिक्षा लिन्छन् ।’ उहाँले भन्नुभयो, ‘यहाँका सामुदायिक विद्यालयमा प्राविधिक र रोजगारमुलक शिक्षाको व्यवस्था गरिनेछ ।’
यस क्षेत्रका जनातको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथै निशुल्क स्वास्थ्य बिमा, सार्वजनिक शौचालय, कृषि उत्पादनको सहज बजारको व्यवस्था मिलाइने ढकालले बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्