काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आचार संहिता उलंघन गरेको अभियोगमा सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । आयोगले आज मन्त्री चौधरीलाई स्पष्टिकरण सोधेको हो ।
निर्वाचन आचारसंहित उल्लंघन गर्दै सहरी विकासमन्त्री चौधरीले राहात सामाग्री वितरण गरेपछि आयोगले कडा कदम चालेको हो । चौधरीले शनिवार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गर्नुभएको थियो ।
मन्त्री चौधरीले राहातको नाममा भोट किन्ने अभियोग लागेको छ । उहाँले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल बाँडनु भएको थियो । आयोगले आज सो काम आचार संहिता बिपरित भएको ठहरसहित २४ घण्टे स्पष्टिकरण सोधेको हो ।













प्रतिक्रिया दिनुहोस्