जनता टाइम्स

३० आश्विन २०७९, आईतवार २०:४४

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौँ, ३० असोज ।  निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका छन् । जसले भ्रम र्सिजना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।