जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १३:०७

चितवनबासीले रविलाई भोट दिने कि सजाय ?


रुषा थापा/भक्तपुर । मंसीर ४ गतेको चुनाव आउन अब धेरै दिन बाँकी छैन । अहिले जताततै एउटै कुरा रहेको छ । सार्वजनिक सवारी साधनमा नै होस या चिया पसलमा बच्चादेखि बुढोसम्मले एउटै कुरा गर्छन् र एउटै माग राख्छन । अदालतले त आरोपितलाई पैसा र पहुँचमा सफाइ दियो तर अब चितवन क्षेत्र नम्बर २ का जनताले आरोपित रवि लामिछानेलाई सजाय दिन्छन कि विजय गराउँछन भन्ने कुराको चर्चा रहेको छ ।

अहिले देशैभरिका जनता चितवन क्षेत्रनम्बर २ का जनताहरुले आरोपित लामिछानेलाई विजय गराउँछन् कि सजाय दिन्छन् भनेर हेरिरहेका छन । साथै एक नेपालीमाथि अर्को नेपालीले कतिको भेदभाव गर्छन भनेर पनि जनताहरु हेरिरहेका छन् । पत्रकार शालिग्राम पुडासैनीको घर नुवाकोट भएपनि केही वर्षअघि उनी चितवनमा गएर झुण्डिएर मरेका थिए र यो कुरा त हामी कसैले बिर्सिएका छैनौँ ।

पुडासैनी पनि एक नेपाली नागरिक नै थिए र उनी पनि कसैको छोरा थिए । हाम्रो संविधानमा भनिएको छ, कुनै पनि बच्चा आमाको कोखबाट नेपालको भूमिमा जन्मिएपछि उसले बाँच्न पाउनुपर्छ । साथै उसको बाँच्न पाउनुपर्ने अधिकार पनि सरकारले नै सुरक्षित गर्ने गर्छ र उसलाई न्याय दिलाउन पनि सरकार नै मदत गर्ने गर्छ । तर पत्रकार शालिग्राम पुडासैनीको घटनामा यो ठयाक्कै उल्टो हुन पुगेको छ । उनको बाँच्न पाउनुपर्ने अधिकार पनि सरकारले सुरिक्षत गर्न सकेन र उनलाई न्याय पनि दिलाउन सकेन ।

यसबाट त अब हामीले के बुझ्रने त ? के पुडासैनी नेपाली नागरिक थिएनन् र । राज्यको चौथौं अंग समेत रहेका पत्रकार पुडासैनीलाई त सरकारले न्याय दिलाउन सकेन भने हामी सर्वसाधारणलाई सरकारले न्याय दिन्छ भनेर अब हामी कसरी विश्वास गर्ने ? यस घटनाबाट त सर्वसाधारणको न्यायबाट नै विश्वार गुमेको छ । सरकारले बाच्ँनुञ्जेल त पुडासैनीसँग कर लियो तर मरेपछि पनि उसलाई न्याय दिएन । बाँच्नुञ्जेल तै नेपाली नागरिक भनेर कर उठाउने अनि न्याय दिने बेला तै भेदभाव गर्ने । यसबाट त नेपालको कानुनमाथि नै प्रश्न उठेको छ ।

अहिले देशैभरिका जनता चितवन क्षेत्रनम्बर २ का जनतालाई सोध्छन्, शालिग्राम पुडासैनीले न्याय पाउने कि नपाउने ? उसको बाँच्ने अधिकार थियो कि थिएन ? साथै उनलाई मर्न बाध्य बनाउने लामिछानेलाई कानुनको दायरामा ल्याउने कि नल्याउने ? लामिछानेलाई भोट दिनुअघि चितवनबासीहरुले पुडासैनीले मर्नुअघि रुदैँ तयार पारेको भिडियो एक पटक हेर्नुपर्छ र भोट हाल्नुपर्छ । पुडासैनीले मर्नुअघि बनाएको भिडियोमा भनिएको छ, ‘लामिछानेले पटकपटक दिइरहेको दबाब वा प्रेसरले गर्दा नै म मर्न बाध्य भए ।’

यदि पुडासैनीको ठाउँमा चितवन २ नम्बरकै कुनै मानिसलाई लामिछानेले मर्न बाध्य बनाएको भए तपाइँहरु के गर्नुहुन्थ्यो ? लामिछानेको विरोधमा सडकमा आउनुहुन्थ्यो कि उनलाई भोट दिनुहुन्थ्यो ? अब तपाइँहरु आफैँ भन्नुहोस । लामिछानेले त पैसा र पहुँचको आडमा न्याय नै किने । तर पत्रकार पुडासैनी त मरेको मरै भए नि त । कि पुडासैनीले मर्नुअघि बनाएको भिडियो र शव नै नक्कली थियो ।

अदालत र प्रहरी प्रशासनले त पैसा खाएर लामिछानेलाई सफाइ दियो तर चितवनका जनताहरुले लामिछानेलाई सजाय दिनुपर्छ भनेर देशैभरिका जनताहरु बहस गरिरहेका छन् । लामिछाने हिजो कस्तो परिवारमा जन्मिएका थिए र आज उनले अर्वौंको सम्पत्ति कताबाट कमाए भनेर त भोलिका दिन अख्तियार र शुद्धीकरण विभागले ढिलोचाँडो छानबिन गर्ला नै तर पुडासैनी त मरेको मरै भए नि त ।

अहिले सर्वसाधारण, नागरिक समाज, कानुन व्यवसाय, बृद्धिजीवी, पत्रकार सबै जना पुडासैनीले न्याय पाउनुपर्छ भनेर भनिरहेका छन् । तर पत्रकार पुडासैनीका घरपरिवारलाई अदालतसम्म लैजाने न कुनै वकिल नै रहेको छ त उनीहरुलाई न्याय दिलाउन कुनै संघसंस्थाले नै मद्धत गरेको छ । नुवाकोटका जनताहरु पनि पुडासैनीका घरपरिवारलाई धेरैथोरै आर्थिक सहयोग गरेर अदालतसम्म लैजान सक्दैँनन र नुवाकोटका पत्रकारहरु पनि उनीहरुको विषयमा कलम लगाउन सक्दैनन् । अहिले नुवाकोटका जनताहरुले भन्दा बाहिरी जिल्लाका जनताहरुले पुडासैनीको घरपरिवारले न्याय पाउनुपर्छ भनेर भनिरहेका छन् भने नुवाकोटका सञ्चारकर्मीहरुभन्दा बाहिरी ठाउँका सञ्चारकर्मीहरु पुडासैनीको न्यायको विषयमा चासो दिइरहेका छन् ।

साथै नुवाकोटका सञ्चारकर्मीहरुले पुडासैनीको घरपरिवारको अवस्था, छोरा गुमाएको दुःख र राज्यबाट न्याय नपाएको पीडा बाहिर ल्याएका छैनन् । जसले गर्दा जनताहरु पनि पुडासैनीको घरपरिवारको अवस्था जान्नबाट नै वञ्चित भएका छन् । चितवनका पत्रकारहरुलाई जनता सोध्छन्, पुडासैनीले मर्नुअघि रुदैँ तयार पारिएको भिडियो किन जनतालाई देखाउनुहुदैँन र जनतालाई किन अन्धकारमा राख्नुहुन्छ ।
चितवनका सञ्चारकर्मीहरु पनि पुडासैनीले न्याय नपाएको विषयमा न त बोल्ने नै सक्छन् न त कलम चलाउन नै सक्छन् । साथै उनीहरु त लामिछानेलाई तपाइँको कारणले किन पुडासैनीले आत्महत्या गर्नुपप्यो भनेर समेत सोध्न सक्दैँनन् । पुडासैनी लामिछानेलाई आरोप लगाएर मरिसकेका छन् तर आरोपित जेलमा नबसेर पार्टी खोलेर जनताको घरघरमा भोट माग्न हिडिरहेका छन् । के यँही हो नेपालको कानुन । के यँही हुन् नेपालका सञ्चारकर्मीहरु । यदि अन्यायको विरुद्ध कलम चलाउन र बोल्न नसक्ने हो भने किन राज्यको चौथौं अंगका रुपमा परिचित हुनु ।

अब पुडासैनीले मर्नुअघि रुदैँ तयार पारेको भिडियो सबै सञ्चारमाध्यमहरुले बाहिर ल्याउनुपर्छ र पुडासैनीको न्यायको विषयमा कलम चलाउनुपर्छ । साथै अब चितवनका सञ्चारकर्मीहरुले पनि त्यो भिडियो सार्वजनिक गर्नुपर्छ र चितवनबासीको आँखा खोल्नुपर्छ । त्यस्तै यता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष जनता माग गर्छन्, पुडासैनीको आरोपितलाई सजाय दिने कि नदिने, उनलाई न्याय दिने कि नदिने ?

मिडिया त राष्ट्र र जनताको ऐना हो । सत्य र लुकेका कुरा बाहिर ल्याएर जनता र राष्ट्रको आँखा खोल्ने माध्यम नै मिडिया हो । तर यता लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दर्ता गरेर चितवन २ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् र जनताको घरघरमा भोट माग्न धाइरहेका छन् । तर चितवनका सञ्चारकर्मीहरु भने लामिछानेको कर्तुत जनतासमक्ष नल्याइृ उनकै अघिपछि लागिरहेका छन् । लामिछाने चितवनबासीहरुलाई भ्रममा राखिरहेका छन् तर त्यहाँका सञ्चरकर्मीहरु चुपचाप हेरिरहेका छन् ।

यदि लामिछानेले त्यत्ति नै राम्रा काम गरेका छन् भने त्यसको बारेमा अब मिडियाहरुले पनि बाहिर ल्याउनुपर्छ । के एउटा टेलिभिजनमा ठुल्ठुल्ला आवाजले कराउँदा नै राम्रा काम वा देशको हितको काम हुन सक्छ र । उनले त टेलिभिजनमा कराएको पनि पैसा लिने गर्थे र त्यो उनको पैसा रहेको थियो । साथै उनले २०६२/६३ सालको जनआन्दोलनमा के गरे त । त्यसबेला उनी कता हराएका थिए त । खै त्यसबेला त जनता र राष्ट्र भन्दै सडकमा आएका थिएनन् त ।

पैसा र पहुँच हुनेले जे पनि गर्नसक्छ भनेर फिल्महरुमा देखाइन्थ्यो तर अहिले त यो सत्य नै साबित भयो । लामिछानेसँग पैसा र पहुँच दुवै थियो जसले गर्दा उनले न्याय नै किने तर यता गरिब परिवारमा जन्मिएका पुडासैनीको आत्महत्या प्रकरण पैसा र पहुँचकै आडमा दबाइयो । उनको परिवार सबैतिरबाट एक्लियो न त जनता नै उनको पक्षमा लागे न त सञ्चारकर्मीले नै कलम चलाइदिए ।

तर अहिले ढिलोभएपनि जनता सरकारसमक्ष माग गर्छन्, पुडासैनीले न्याय पाउनुपर्छ र लामिछानेलाई सजाय हुनुपर्छ । साथै पुराना मुद्दा व्युताउनुपर्छ र पुडासैनीले न्याय पाउनुपर्छ । साथै अब सञ्चारकर्मीहरुले पनि पुडासैनीलाई न्याय दिलाउन आफ्नो सक्दो प्रयास गर्नुपर्छ । किनभन्दा पुडासैनी एक नेपाली नागरिक मात्र नभइ राज्यको चौथौँ अंग समेत रहेका थिए । उनी पनि देश र जनताको हितमा बोल्ने र कलम चलाउने असल, निष्पक्ष र सत्यको पछि लाग्ने पत्रकार नै त थिए नि त ।

अब पुडासैनीले मर्नुअघि रुदैँ तयार पारेको भिडियो सबै सञ्चारमाध्यमहरुले बाहिर ल्याउनुपर्छ र पुडासैनीको न्यायको विषयमा कलम चलाउनुपर्छ । साथै अब चितवनका सञ्चारकर्मीहरुले पनि त्यो भिडियो सार्वजनिक गर्नुपर्छ र चितवनबासीको आँखा खोल्नुपर्छ । त्यस्तै यता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष जनता माग गर्छन्, पुडासैनीको आरोपितलाई सजाय दिने कि नदिने, उनलाई न्याय दिने कि नदिने ? साथै पुडासैनीले मर्नुअघि तयार पारिएको भिडियो कानुन मन्त्री कार्कीलाई पनि एक पटक हेरिदिन जनता आग्रह गर्छन् र कानमन्त्रीले मात्र नभई, राष्ट्रपति, प्रधानमन्त्री, कानुन व्यवसाय, प्रहरी प्रशासन, न्यायालय आदि सबैलाई हेरिदिन समेत जनता आग्रह गर्छन् ।
त्यो भिडियो हेरिपछि त्यो भिडियो सत्य हो कि नक्कली भनेर पनि थाहापाउनुपर्छ र यदि त्यो भिडियो सत्य हो भने पुडासैनीलाई न्याय दिलाउनुपर्छ । साथै पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो फेरि एक पटक देखाउन सञ्चारकर्मीहरुसँग जनता माग गर्छन् । कुनै पनि बच्चा आमाको कोखबाट नेपाली भूमिमा जन्मिएपछि उसको बाँच्न पाउनुपर्ने अधिकार नेपालको संविधानमा लेखिएको छ तर पत्रकार पुडासैनी किन बाँच्न पाएनन् ।

किन उनलाई मर्न बाध्य बनाउने लामिछानेलाई कारबाही भएन् र उनको बाँच्न पाउनुपने अधिकारसुरक्षित भएन ।
के देशको कानुनभन्दा माथि लामिछाने हो भनेर जनता प्रहरी प्रशासन, न्यायालय र सरकारलाई सोध्छन् । राज्यको चौथौं अंग समेत रहेका पुडासैनीले आफ्नो न्यायका लागि मर्नुअघि भिडियो तयार गरे र त्यसमा पटकपटक आरोपितको नाम बताए तर यसरी मर्दामर्दै यत्रो प्रमाण छोड्दिँदा त सरकारले उसलाई न्याय दिएन भने हामीजस्तो सिधासाधी जनतालाई त सरकारले के नै न्याय दिन्छ होला ।

अब कानुनीमन्त्री कार्कीले लामिछानेलाई २४ दिनमा तारिखमा छोड्ने न्यायाधीश र लामिछानेलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन गर्नुपर्छ र कानुनको दायरामा ल्याउनुपर्छ । पछिल्लो समय बजारमा सुनिन्छ, लामिछानेले मुद्दामा सफाइ पाउनका लागि करोडौँ पैसा खर्च गरेका छन् । अनि यसबाट हामीले के बुझ्रने त । अब यस्ता न्यायाधीशहरुलाई जनताले तिरेको करबाट तलबभत्ता र सरकारी गाडी दिने कि सजाय दिने । अब आफैँ भन्नुस् । अब सरकारले पनि त्यो मुद्दा फेरिपनि व्युताउने कि नव्युताउने भनेर जनता सरकारलाई सोध्छन् ।

अहिले जनताहरु भन्छन, पुडासैनीका घरपरिवारले न्याय पाउनुपर्छ र उनीहरुसँग न्याय पाउनका लागि आर्थिक छैन भने हामी सहयोग गर्न तयार छौँ । के साँच्चै अब पुडासैनीले न्याय पाउलान् त ? के ढिलो भएपनि पुडासैनीले न्याय पाउलान् त ? लामिछाने कानुनको दायरामा आउलान् त ? भनेर जनताको बहस चलिरहेको छ । प्रहरी प्रशासन र अदालतले पैसा र पहुँचको आडमा नक्कली सावित गरेको भिडियो अब जनता र सञ्चारकर्मीको साथमा सत्य बाहिर निस्कन्छ भन्ने सर्वसाधारणको आश रहेको छ । अहिले जनता भन्छन्, पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो सक्कली हो र आरोपितलाई सजाय हुनुपर्छ । पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो हेर्दा एकको मात्र आँखाबाट आँसु नआइ सबैको आँखाबाट आँसु आउँछ । के मानिसले मर्दा पनि झुठो कुरा बोल्छ त । यदि उसलाई झुठो कुरा बोल्नु नै थियो भने किन उसले आत्महत्याको बाटो रोज्यो त ।

अब भन्नुस् के त्यो भिडियो नक्कली थियो ? के त्यो शव पनि नक्कलीले नै थियो ? यदि थियो भने सावित गर्नुपप्यो होइन भने न्याय दिलाउनुपप्यो । अहिले जनता भन्छन्, धनीलाई नलाग्ने तर गरिबलाई लाग्ने, हाम्रो देशको कानुन । अहिले त लामिछानेको मनमा पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो जनताले बिर्सिसकेका छन् भनेर परेको छ । तर अब सञ्चारकर्मीहरुले फेरिपनि त्यो भिडियो बाहिर ल्याउनुपर्छ र लामिछानेको कर्तुत जनतासमक्ष देखाउनुपर्छ । प्रहरी भन्छ , अपराधी नउम्कियोस्, र्निदोष नफसोस् । अब जनता प्रहरी प्रशासनलाई सोध्छन्, के लामिछाने र्निदोष नै हुन् , के पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो र उनको शव नै नक्कली हो । यदि होइन भने किन लामिछानेलाई कारबाही हुदैँन । जनता नै सरकारसमक्ष माग गर्छन्, पुडासैनीको मुद्दा व्युताउनुपर्छ र छानबिन गरेर आरोपितलाई कारबाही हुनुपर्छ । होइन भने सरकारकै विरोधमा सर्वसाधारण, संघसंस्था , नागरिक समाजहरु सडकमा उत्र्रिने छन् ।

भनिन्छ , कानुन सबैलाई बराबर रहन्छ तर यहाँ त पैसा हुनेले मान्छे मारेपनि सजाय नहुने र पैसा नहुनेले गल्ती नै नगरेपनि सजाय हुने । के यँही हो कानुन । जनताको मतबाट चुनिएर आएका जनप्रतिनिधिले बनाएको कानुन यँही हो । होइन भने किन आरोपितलाई सजाय हुदैँन । कि कानुनमा नै पैसा हुने र नहुनेमाथि भेदभाव गर्नुपर्छ भनेर लेखिएको छ ।

अब सञ्चारकर्मीहरुले पैसा र पहुँचको आडमा यो मुद्दा सेलाएको हो कि होइन भनेर सरकार र जनतासमक्ष सत्य कुरा बाहिर ल्याउनुपर्छ र कलम चलाउनुपर्छ । किनभन्दा हिजोका दिन त पुडासैनीका घरपरिवारसँग न त जनताको नै साथ थियो न त सञ्चारकर्मीको नै । तर अब त पुडासैनीलाई न्याय दिलाउन हामी सबै मिल्नुपर्छ नि त । यो घटनाले हामी सबै सर्वसाधारणको आँखा खोलेको छ । यस घटनाबाट पैसा र पहुँचबाट कसरी गरिब न्यायबाट नै वञ्चित हुन्छ भनेर देखाएको छ र भोलिका दिन हामीसँग पनि यस्तै घटना हुनसक्छ । त्यसैले अब सञ्चारकर्मीहरुले पनि लुकेका सत्य कुरा बाहिर ल्याउनुपर्छ र जनताले पनि पुडासैनीलाई न्याय दिलाउनुपर्छ ।

अब जनताले मात्र नभइ सञ्चानरकर्मीहरुले पनि पुडासैनीका घरपरिवारलाई न्याय दिलाउन मद्त गर्नुपर्छ । हिजो एक्लिएका पुडासैनीका घरपरिवारलाई आज न्याय दिलाउन अब हामी सबै मिल्नुपर्ने छ । लामिछानेले प्रहरी प्रशासन र अदालतलाई किने तर चितवनका जनता र मिडिया त लामिछानेसँग बिक्दैँनन् होला नि त । साथै अब मिडियाले चलाउने कलम र मिडियाले जनता र राष्ट्रको लागि बोल्ने आवाज त लामिछाने किन्न सक्दैँनन् होला भनेर जनता हेरिरहेका छन् । मिडिया पनि पुडासैनीको पक्षमा उभिन्छन् भनेर जनताको विश्वास रहेको छ र लामिछानेको विरोधमा सञ्चारकर्मीले बोल्छन् र कलम चलाउँछन् भन्ने पनि जनताको आश रहेको छ ।

अब चितवनका पत्रकारहरुले पनि लामिछानेको कर्तुत बाहिर ल्याउनुपर्छ र चितवनका प्रहरी प्रशासनले पनि पुडासैनीलाई न्याय दिलाउन मद्त गर्नुपर्छ । यदि पुडासैनी मरेको छैन भने उनलाई बाहिर ल्याउनुपर्छ होइन भने आरोपीतलाई सजाय दिनुपर्छ । अब पनि चितवनबासीहरुले लामिछानेलाई भोट दिने कि सजाय ? यदि पुडासैनीको ठाउँमा तपाईं आफैँ हुनुभएको भए आज तपाईं लामिछानेको विरोधमा बोल्नुहुन्थ्यो कि उनलाई भोट हाल्नुहुन्थ्यो । आफैँ सोचौँ, अनि मात्र लामिछानेलाई भोट दिऔँ ।