जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार २१:३९

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत कार्य सुरु : मुख्यमन्त्री सहितको टोलीद्वारा निरीक्षण, एक साताभित्र यातायात सञ्चालन हुने


काठमाडौँ, भदौ १८ । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक खण्डको मर्मत कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सडक मर्मत सुरु भएसँगै मुख्यमन्त्री किरण थापा मगरसहितको टोलीले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ।

सडक मर्मत तथा निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउन भीमफेदी र सिस्नेरी दुवैतर्फबाट उपकरणहरू परिचालन गरिएको छ। सो कार्यका लागि ४ वटा एक्साभेटर, २ वटा लोडरका साथै अन्य आवश्यक सवारी साधन तथा उपकरणहरूको प्रयोग गरिएको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले बढीमा एक साताभित्र यो सडक खण्डमा यातायात सुचारु गर्न सकिने बताउनुभयाे। यो सडक सञ्चालनमा आएसँगै भीमफेदी–देउराली–कुलेखानी खण्डमा हुने सवारी चाप र ट्राफिक जामको समस्या अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।