काठमाडौं, ३१ असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनले अझैसम्म भावी प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गर्नुभएको छ । रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’ जस्तो भएको तुलना गर्नुभयो ।
नेता बस्नेतले भन्नुभयो, ‘हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छौं । गठबन्धनले अहिलेसम्म को भावी प्रधानमन्त्री भन्ने भन्न सकेको छैन ।’
हाँस्य क्षेत्रका साथीहरु के भन्न थालेका छन् भने अध्यक्ष ओलीको अगाडि शेरबहादुर देउवा त भेलुबाजे जस्तै हो,’ नेता बस्नेतले भन्नुभयो, ‘भेलुबाजे जस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्ने ?’ उहाँले वर्तमान गठबन्धन सरकारले सिन्को समेत नभाँचेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्