जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १८:४४

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा


लण्डन, ३१ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुग्नुभएको छ । आज बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गर्नुभएको थियो ।

तिमल्सिना आज १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनुहुनेछ । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गर्नुभएको थियो ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालबाट आउनुभएको कलाकारसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।