जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १९:०४

प्रहरी दिवसमा डीएसपी साह पुरस्कृत


दैलेख, ३१ असोज । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । आज दैलेखमा प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिएको हो ।

६७औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार प्रदान गर्नुभएको थियो । डीएसपी साह जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको भन्दै पुरस्कृत हुनुभएको थियो ।