जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार २१:५१

बागी उम्मेदवार मनाउन समय थप्दै कांग्रेस, कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिन आग्रह


काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन फेरि पनि आग्रह गरेको छ । यसअघि आज सोमवारसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेको कांग्रेसले समय थप्दै कात्तिक ४ गतेसम्मको समय दिएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ ।

गएको बुधवार कांग्रेसले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो । त्यसयता कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन मनाउन आएको छ ।