काठमाडौं, कात्तिक १ । सत्तारुढ गठबन्धनले संयुक्त अपिलमा राष्ट्रिय जनमोर्चा र लोसपाले हस्ताक्षर गर्न अस्वीकार गरेको छ । अन्य दलले हस्ताक्षर गर्न नमानेपछि तीन दलले मात्र हस्ताक्षर गरी साझा अपिलमा हस्ताक्षर गरेका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र संयुक्त हस्ताक्षर गरेर भोट माग्नुभएको हो । गठबन्धनमा रहेका लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको हो ।
अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।’
दुई दलका नेताले अस्वीकार गरेसँगै साझा अपिल छलछामको दस्तावेज रहेको प्रमाणित भएको छ ।













प्रतिक्रिया दिनुहोस्