जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १९:०२

बीचबजारमा तरवार आतंक मच्चाउने तरुण दल उपाध्यक्ष भण्डारी पक्राउ


काठमाडौं, १ कात्तिक । गुण्डागर्दी र अपराधमा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका छन् ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके आपराधिकर्म गर्ने राधेलाई धादिङको बीच बजारमा आज दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राधे समूहले आज दिउँसो धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो ।

गुरुङ धादिङबेँसी सिरानबजारका बासिन्दा हुन् । घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । गुरुङ पनि कांग्रेस समर्थक हुन् । यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटक–पटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।