काठमाडौं, कात्तिक २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।
अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गर्नुभएको थियो ।
सो आग्रहअनुसार ओलीको इन्बक्समा १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेका छन । यति धेरैले नाम टिपाएको जानकारी दिँदै अध्यक्ष ओलीले यसबाट आफू निकै खुशी भएको बताउनु भएको छ ।
धेरै नाम र नम्बर आएकाले ओलीले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म निर्धारण गरिएको जनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्