धनगढी, २ कात्तिक । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्य ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढी ल्याइने भएको छ । बाँकि ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु।प।प्र ००१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो ।्













प्रतिक्रिया दिनुहोस्