जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०८:०४

अर्जेन्टिनाका स्टार मेस्सीमाथी लाग्यो ३ महिनाको प्रतिवन्ध


काठमाडौं, साउन १८

अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सीमाथी ३ महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथी ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।

कोपा अमेरिका फुटबलबारे गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले मेस्सीमाथि प्रतिबन्ध लगाएको हो । ब्राजिलममा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न गरिदिएका थिए ।

प्रतिबन्धसँगै मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवाना समेत लगाइएको छ । तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न भने सक्नेछन् । आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीको अपिल खारेज भएमा उनले ती कुनै पनि खेल खेल्न पाउने छैनन् ।