जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०९:०५

एनआरएनए आइसिसी निर्वाचन : रविना थापाले गरिन खुल्ला उपाध्यक्षमा उम्मेदवारी घोषणा


अमेरिका, साउन १८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको खुल्ला उपाध्यक्ष पदमा अमेरिका निवासी रबिना थापाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । एनआरएनएलाई राम्रो र हाम्रो बनाउने अभियानमा लागिरहनु भएकी थापाले दोस्रो पटक पनि खुल्ला उपाध्यक्षमा उम्मेदवारीदिने घोषणा गर्नुभएको हो ।

‘एनआरएनएलाई सवैले मेरो आफ्नो संस्था हो भन्ने भावनाको बिकास गर्न जरुरी छ भन्ने मेरो निश्कर्ष हो, त्यही निश्कर्षअनुसार आगामी निर्वाचनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु, सवैको साथ रहने बिश्वास पनि लिएको छु,’ जनताटाइम्ससँग थापाले भन्नुभयो । एनआरएनए अमेरिकाको बिभिन्न पदमा रहेर काम गर्नुभएकी थापा यसअघि पनि सोही पदमा उम्मेदवार बन्नुभएको थियो । थापा एनआरएनए अमेरिकामा सुधारका लागि पहलकदमी लिने नेतृसमेत हुनुहुन्छ । उहाँले अमेरिकामा पेनड्राइभबाट भोट हालेर जित्ने प्रबृत्तिबिरुद्ध निरन्तर संघर्ष गर्दै आउनुभएको छ ।

एनआरएनएलाई साँच्चीकै बिदेशमा रहेका सवै नेपालीको आफ्नो संस्था हो र यस्ले नेपालको समृद्धिको अभियानमा सघाउँछ भन्ने कुरालाई ब्यवहारमा स्थापित गराउन आफू खुल्ला उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय लिएको थापाले बताउनुभयो ।

एनआरएनएलाई सवैले मेरो आफ्नो संस्था हो भन्ने भावनाको बिकास गर्न जरुरी छ भन्ने मेरो निश्कर्ष हो, त्यही निश्कर्षअनुसार आगामी निर्वाचनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु, सवैको साथ रहने बिश्वास पनि लिएको छु

टीमवर्कमा काम गर्नुपर्ने भन्दै थापाले आफू निर्वाचित भएको अवस्थामा एनआरएनएलाई सवैको आफ्नो संस्था हो भन्ने मान्यतालाई स्थापित गराउन लाग्ने र निर्वाचित नेतृत्वको हरेक राम्रा कामलाई साथ दिने बताउनु हुन्छ । चुनावमा सवैले साथ दिने अपेक्षा गरेको छु, यस पटक बिजयी गराउनु हुन्छ भन्नेमा पनि बिश्वस्थ छु, थापाले भन्नुभयो ।