जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार १८:३१

ठाकुर गैरेले मतदातामाझ राखे सदाबहार सांसद सोम पाण्डेले पाल्पाको विकासमा कुनै प्रयास नगरेको तथ्य


पाल्पा, कात्तिक ७ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले अवको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्ने ठोकुवा गर्नुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएका नेता गैरेले रिब्दीकोटको ख्याहाका विभिन्न स्थानमा घरदैलो गर्ने क्रममा स्थानीय निर्वाचनले एमालेलाई नेपालको मुख्य पार्टी भएको कुरा प्रमाणित गरिसकेको बताउनु भएको हो । गैरेले एमाले नेपाली राजनीतिको मुख्य धार भएकोले नेपाली जनतालाई अन्त नअल्मलिन आग्रह गर्नुभयो ।

नेता गैरेले लामो समयसम्म पाल्पाको विकासमा नेतृत्व गर्नेहरुले प्रयास नै नगरेको भन्दै कम्युनिष्ट शक्ति निर्माणको लागि एमालेलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँको यो भनाई यसअघि पटक पटक सांसद र मन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेतर्फ लक्षित रहेको छ ।

पाल्पा निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा एक्लै लडेको एमालेलाई जनताले नेपालको पहिलो कम्युनिष्ट शक्ति मात्र होइन देशकै पहिलो शक्ति बनाइदिएको बताउनु भयो । तानसेन नगरपालिका वडा नं. ३ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै नेता भट्टराईले गएको स्थानीय तह निर्वाचनको माध्यमबाट जनताले नेपालको मुख्य कम्युनिष्ट पार्टी कुनहो भन्ने जनादेश दिएको बताउनु भयो ।

पाल्पा निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्तीले सुशासन र समृद्धि, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनगर्ने काममा एमालेले नेतृत्व गरेको बताउनु भयो । ख्याहामा भएको घरदैलो कार्यक्रममा नेता घर्तीले सत्ताधारी दल चुनावी एजेन्डा र मुद्दा खोज्नेभन्दा गठबन्धन जोगाउनेमा केन्द्रित भएको भन्दै एमालेले आफू नेतृत्वको सरकारमाभएका राम्रा कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

जनादेशले परमादेश ढालौं
यस्तै नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले एमालेले देश र जनताको पक्षमा काम गरेकै कारण चौतर्फी घेराबन्दीमा पार्ने काम गरेको बताउनु भएको छ ।

एमालेलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने कामभएको भन्दै आचार्यलेआउने निर्वाचनमा वैदेशिक आदेशबाट चल्ने शक्तिहरुलाई पराजित गर्नुपर्ने बताउनुभयो । रामपुरको घरदैलो कार्यक्रममा आचार्यले एमाले विरुद्धको घेराबन्दी केवल एउटा पार्टी माथिको घेराबन्दी मात्र नभएर देशभक्तिमाथिको घेराबन्दी भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठलेएमाले विरुद्धको घेराबन्दी देश भक्तिमाथिको घेराबन्दीभएको, स्वाधीनता र स्वाभिमानमाथिको घेराबन्दी भएको बताउनुभयो । श्रेष्ठले मङ्सिर ४ को निर्वाचन एमालेका लागि महत्पूर्ण निर्वाचन भएको बताउनुभयो । आउने निर्वाचनबाट देश निर्माण गर्ने र अगुवाइ गर्ने पार्टीको रूपमा एमालेलाई स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै पाल्पा निर्वाचन क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार खेमबहादुर सारुले नेपाली कांग्रेस यथास्थितिवादी शक्ति भएको बताउनु भयो । सारुले कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन विकास र समृद्धिको बाधक भएको बताउनु भयो । नेपाली कांग्रेसले आफ्नो नीतिकाआधारमा अगाडि बढ्ने हैसियत नराख्ने भन्दै उसलाई गठबन्धनको सहारा अपरिहार्य भएको बताउनुभयो ।

तिनाउ गाउँपालिकाको कोलडाँडामा घरदैलो गर्ने क्रममा नेता सारुले अब एमालेलाई राष्ट्रिय शक्तिका रूपमा अघि बढाउने अभियानमा योगदान गर्न आग्रह गर्नुभयो । सबैको सामूहिक प्रयासबाटे पार्टीको संरचनालाई फेरी मजबुत बनाएर अघि बढ्नु पर्नेमा सारुले जोड दिनुभयो ।