जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १८:११

शिव गाँउले र जेवी टुहुरेसहित चार जनालाई हेम–सरिता फाउण्डेशनको पुरस्कार प्रदान


काठमाडौं, साउन १८ । नेपालकै सवैभन्दा सर्वाेच्च राशी रहेको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोजपत्रकार शिव गाउँलेलाई प्रदान गरिएको छ ।

अमेरिका निवासी हेम पाठक र सरिता पाठक संरक्षक रहनुभएको हेम–सरिता पाठक फाउण्डेशनले प्रदान गरेको २ हजार अमेरिकी डलर राशीको सो पुरस्कार पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले आज आयोजित बिशेष समारोहबीच पत्रकार गाउँलेलाई हस्तान्तरण गर्नुभयो । भ्रष्टाचारबिरोधी अभियानलाई साथ दिई समाचार प्रकाशन गरेबापत पत्रकार गाउँलेलाई सो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी ५ सय डलर राशी रहेको टंकप्रसाद–रमादेवी पाठक सान्त्वना पुरस्कार बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी र पत्रकार देविका घर्ती मगरलाई प्रदान गरिएको छ । गत बर्ष छनोट गरिएको सो पुरस्कार बरिष्ठ नेता नेपालले आज प्रदान गर्नुभएको हो । यसैगरी हेम–सरिता पाठक अन्तराष्ट्रिय संगीत पुरस्कार बरिष्ठ कलाकार जेवी टुहुरेलाई प्रदान गरियो । सो पुरस्कारको रासी एक हजार अमेरिकी डलर रहेको छ ।

भ्रष्टाचारको बिरुद्धमा निरन्तर लेखन तथा गीत संगीतको माध्इमबाट जनचेतना फैलाउने काम गरेबापति तीन पत्रकार तथा एक कलाकारलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । भ्रष्टाचारीलाई समाजबाट बहिस्कार गरौं भन्ने मुल नारासहित स्थापित हेम सरिता पाठक फाउण्डेशनले यसअघि भ्रष्टाचारबिरोधी अभियानमा लागेका दुई दर्जन बढी श्रष्टा, लेखक तथा पत्रकारलाई पुरस्कृत गरिसकेको छ ।