जनता टाइम्स

८ कार्तिक २०७९, मंगलवार १२:०६

फुटबल प्रशिक्षक युगल अमेरिका पलायन


काठमाडौं, ८ कात्तिक । ‘ए’ लाईसेन्स प्राप्त प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।

उच्च शिक्षा हासिल गर्न युगल अमेरिका पुगेको एन्फा पूर्वसदस्य मधुसुदन उपाध्यायले बताउनुभयो । ‘अध्ययन र व्यक्तिगत प्रयोजनका लागि अमेरिका प्रस्थान गरेका हुन्,’ राष्ट्रिय टोलीका पूर्व व्यवस्थापक समेत रहेका उपाध्यायले भन्नुभयो । राई मंगलबार विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

राईले गत वर्ष एएफसी कोचिङ ‘ए’ लाइसेन्स प्राप्त गर्नुभएको थियो । गत असोज ११ गते नेपालले बंगलादेशले मैत्रीपूर्ण खेल खेल्दा राई सहायक प्रशिक्षक हुनुहुँथ्यो । एन्फा स्रोतका अनुसार राई सम्भवतः अमेरिकामै रहनुहुनेछ ।

घरेलु फुटबलमा भने राईले ए डिभिजन क्लब हिमालयन शेर्पा, बी डिभिजन क्लब बासबारी क्लब र फ्रेन्चाइज धनगढी एफसीमा मुख्य प्रशिक्षकसँग आवद्ध हुनुहुन्थ्यो । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा राई धनगढी एफसीसँग आवद्ध हुनुभएको छ ।

खेलाडीको रुपमा राईले न्युरोड टिम एनआरटी, रानिपोखरी कर्नर टिम आरसिटी, मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिसबाट खेल्नुभएको थियो ।