हामी किन बुझीबुझी आफ्नै आत्मालाई ढाँटी रहेका छौँ । देउपा प्रचण्ड र माकुनेलाई बरु देवत्व गर्न तयार बुद्धिजीवी र लेखकलाई सत्य स्वीकार्न किन सकस परेको हो ? कसका लागि र कसको स्वार्थ साधनाका लागि जानी जानी बुझ पचाउन परेको हो ? बुद्धिजीवी लेखक र स्रष्टा जो देशका आँखा कान मुटु र मस्तिष्क हुन्ु तिनले नै देशको संगीन अवस्थामा पनि उल्टो देश र जनता विरुद्ध किन बहस र पैरवी गर्नु परेको हो ?
प्रा.डा.बद्रीविशाल पोखरेल
प्रसिद्ध लेखक तथा सम्पादक सुधीर शर्माले केही समय अघि आफू सम्पादक रहकै छापा पत्रिकामा ओलीलाई लक्षित गरेर भाइरल वाइट नामको लेख लेख्नुभयो । यसको अर्र्थ शब्दकोशमा ठग्न सीपालु, ठगाहा र दुराग्रही हुँदो रहेछ । डाडुपुन्यु हातमा भएपछि जे लेखे पनि छापिन्छ, चलेकै छ । आफ्नै अन्तरात्मालाई ठग्नु ठग्नु होइन ? सत्यलाई जे जतिसुकै ढाकछोप परे पनि त्यो ओझेल पर्छ र ? खुसी, खोकी, प्रेम र राजनीतिक अपराध एक दिन खुल्छ क्या शर्माजी ? कलमलाई कलमकै रुपमा प्रयोग गर्दा पो लेखक भइन्छ तर झट्टी बनाए पछि कलम रहँदैन अनि कलम समाउने र चलाउने नाममा घुयेत्रो बर्साउने हो भने अखवार तरवार मात्र हुन्छ ।
महाकालीमा जयसिंह धामी मारिँदा मुकदर्शक बन्ने, पुष्पकमल दाहालले भारत भ्रमण पश्चात् राष्ट्रघाती नागरिकता विधेयक पास गराउनेलाई सुधीर शर्माले ठगाहा देख्नु भएन । प्रदेशहरुमा ७ मन्त्रालयका ठाउँमा १४ मन्त्रालय बढाएर र संघमा ६,६ महिना मन्त्री फेरेर ब्रम्हलुट मच्चाउनेलाई पनि उहाँले सज्जनै देख्नु भएको होला । ती सब सुधीर शर्माका आदरणीय र वरेण्य व्यक्ति होलान् । बाहिरिया व्यक्तिलाई अनधिकृत रुपमा प्रवेश गराएर करका दरमा भारी परिवर्तन गर्ने जस्तो जघन्य अपराधी डप्फालाई सज्जन देख्ने सुधीर शर्मालाई खै के भन्नु ?
यस्ता विषयमा आलोचना अ उच्चारण नगर्नुका पछाडिको रहस्य यस लेखकलाई थाहा छ तर अहिले नै भन्न किन हतार गर्नु र ? नाङ्गा आँखाले देखेको सत्य सबैले एक दिन अवश्य भन्ने नै छन् । सुधीर शर्माले देशघातीका बारेमा एक आखर आँ गर्नु भएन । तर उहाँ ओलीले जनसंवाद गर्दा अत्ताल्लिएर र आत्तिएर भाइरल वाइट लेख लेखेर उहाँलाई ठग्न चतुर,ठगाहा र दुराग्रही सम्म भन्न भ्याउनु भयो । यतिका वरिष्ठ लेखक तथा पत्रकारकै यस्तो शालीन भाषा शैली भए पछि अरु अनुयायी त सडकमा नै कलमलाई झट्टी बनाएर देश र जनताका लागि केही न केही गर्नुपर्छ भन्ने असल मानिसहरु थर्कमान नै हुने भए ।
अगुवाले नै यस्तो फर्मान जारी गरे पछि यो देशको पत्रकारिताको के हालत होला । यो निर्वाचन आचार संहिताको अनुशासनको विषय किन बन्दैन ?। त्यसमा उहाँले आफूलाई विशेषतः ओली र एमाले विरोधी मोर्चाको अग्रभागमा देखाउनु भएको छ । पाँच दलीय गठबन्धनले नेपाल र नेपालीको भविष्य नै धरापमा पार्न लागेको उहाँले देखे पनि बोल्न सक्नु भएको छैन जव कि उहाँले केही समय अघि नेपाललाई अबको दस वर्ष भित्र पाताल धसाउने दुरुद्देश्य राखेको तथ्य विषय एक लेखमार्फत् खुलासा गर्नु भएको थियो । अहिले त झन् गठबन्धनका कारण देशको अवस्था कर्कलाको पातको पानी जस्तो ढलफल रहेको छ ।
असंलग्न पराराष्ट्र परराष्ट्र नीति मार्फत् नेपाल विश्व शान्तिको अग्रदुत बन्न सक्ने अवस्थालाई गठबन्धनले धुजाधुजा पारेको छ । पाँच दलीय गठबन्धनले नेपाललाई अमेरिका परस्त बनाएपछि चीन नेपालका सीमावर्ती क्षेत्रहरुमा सश्त्रअस्त्र सहित तैनाथ भएका समाचार आइरहेका छन् । र चीनमा सिजिन् पिङ पुनः शक्रिशाली भएर सर्वोच्च शक्तिमा आएका छन् । सीले नेपाल भ्रमणका बेला चीन विरोधी गतिविधि गर्ने जोकोहीलाई धुलो र धुस्नो बनाइदिने भनिसकेका छन् । अबका दिनमा चीन अलि आक्रामक रुपमा आउने निश्चित देखिन्छ ।
रुसका कारण अमेरिका नेपालमाथि सोझै आइलाग्न नसक्ने भए पनि यही चरम अस्थिरता र अराजकताको फाइदा लिएर भारतीय शाषकले जनघाती देशघाती गठबन्धन मार्फत् नेपालको परराष्ट्र र सुरक्षा जस्ता संवेदनशील पक्षहरु आफ्ना अधीन पार्न सक्छ र देशघातीहरुले चुनावमा कथं जिते भने संयुक्त सरकारले त्यस खालका काम गर्ने संभावना स्पष्ट देखिँदैछ । एमाले अध्यक्षले पनि यस खालको देशघाती गतिविधि किस्ता किस्तामा हुन सक्ने सम्भावना उल्लेख गर्नु भएको छ । तर सुधीर शर्माजीले आफ्नो लेखमा भने ओली चाहिँ देउपा,प्रचण्ड र माकुने सित सामूहिक जनसंवाद गर्न नसक्ने,पार्टी भित्र भिन्न विचारकाहरुलाई निषेध गर्ने, चुनावमा एजेन्डाहीन भएर भाइरल वाइट गर्ने,यस्तै परीक्षित नेताहरु फेरि निर्वाचन मार्फत् नेतृत्वमा आउन सक्ने र कालापानी जस्ता मुद्दा वा एजेन्डाले जनताको मन नछुने जस्ता कृत्रिम र आम जनतालाई चुनावका मुखमा भ्रमित पार्ने लेख लेख्नु् भएको रहेछ ।
सुधीर शर्माले भाइरल वाइट फ्याँकेर चर्चामा आउने ओली विशेषता भन्दै व्यङ्ग्य गर्नु भएको छ तर सुधीर शर्माले ओली प्रधानमन्त्रीत्व कालका दुरदर्शी र दीर्घकालीन देश र जनता हितका कामलाई पटक्क नदेखेझैँ गर्नु भएको छ । टोक्ने नै धर्म आत्मसात् गरेपछि त्यसो नगरे आफ्ना गोत्रियारी, मतियारी र साझेदारीबाट अलग थलग रहने स्वार्थ पनि हुनसक्छ ।
हामी किन बुझीबुझी आफ्नै आत्मालाई ढाँटी रहेका छौँ । देउपा प्रचण्ड र माकुनेलाई बरु देवत्व गर्न तयार बुद्धिजीवी र लेखकलाई सत्य स्वीकार्न किन सकस परेको हो ? कसका लागि र कसको स्वार्थ साधनाका लागि जानी जानी बुझ पचाउन परेको हो ? बुद्धिजीवी लेखक र स्रष्टा जो देशका आँखा कान मुटु र मस्तिष्क हुन्ु तिनले नै देशको संगीन अवस्थामा पनि उल्टो देश र जनता विरुद्ध किन बहस र पैरवी गर्नु परेको हो ?
ओलीदेखि पत्रकार नै पजल
एमाले अध्यक्ष के.पी. शर्मा ओलीसित अन्तर्वार्ता लिने देशी विदेशी पत्रकार नै पजल भएको देखिन्छ । एक प्रसिद्ध भारतीय पबकारले भारतीय एक प्रसिद्ध र प्राचीन विश्वविद्यालय नालन्दामा लगाएको आगो तीन महिनासम्म रहेको बाउादा ओलीले तीन वर्षसम्म रहेको बताएर सच्याउनु भएको थियो । यसमा पत्रकारले समेत आफूलाई सच्याउनु परेको थियो । यस्तै केही समयअघि कान्तिपुरले एक कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाएर प्रश्नको वर्सा गरिएको थियो । तर ओलीले पत्रकारलाई नै नाजवाफ पारिदिनु भयो । म त हेरेको हेर्यै भएँ ।
पत्रकारले भएभरको सुझबुद्ध र ज्ञानसीप लगाएर प्रश्न गर्छन् तर ओलीको जवाफ सुनेर श्रोता गण मात्र होइन पत्रकार आफैँ चकित पर्छन् । एकपटक वरिष्ठ पत्रकार विजय कुमारले संगीन प्रश्न गर्दा ओलीले बस चलाउने ड्राइवरको उदाहरण दिँदा पत्रकार नै छक्क र मख्ख परे । अर्का वरिष्ठ पत्रकार ऋषि धमला पनि ओली सित अन्तर्वार्ता लिन इच्छुक भएको देखिन्छ र उहाँ पनि ओलीको जवाफ सुनेर छक्क परेको थाहा भएको छ । तर कतिपय पत्रकारले आफ्नो व्यासायिक जीवन यापन जस्ता कर्मका कारणले ओली बारे सत्य स्वीकार्न नसकेको देखिन्छ । भित्र भित्र ओलीबाट प्रभावित भए पनि बाहिर सत्य स्वीकार्दा रोजगारी जोखिममा पर्ने डरले मुख चवाएर बोलेको चाल पाइन्छ ।
ओलीप्रति मेरो विश्वास र शंङका
कसैप्रति एकोहोरो विश्वास र शङ्का माक्र्सवाद विपरीत हुन्छ । त्यसैले यो लेखक पनि ओलीप्रति दुवै कोणबाट हेर्न र पर्गेल्न चाहन्छ र त्यस अनुसार ग्रहण गर्छ । एक पटक ओलीले भारतको आसामे खोर्सानीको कुरा गनुृ भयो । उहाँले प्रचण्डलाई एक प्रसंगमा उदाहरण दिँदै तपाईंलाई आसामे खोर्सानीले झैँ हर्रो हगाउने अवस्थामा पु¥याउँछन् भनेर सतर्क गराउनु भएको थियो । कुराका प्रसंगमा ओलीले एउटा आसामे खोर्सानीले आडवटा राँगाको मासुलाई कानै तातिने गरी पीरो बनाउँछ भन्नु भयो । उहाँले खोर्सानीको नाम पनि भन्नु भएको थियो । अहिले बिर्सियो । यसमा मलाई विश्वास लागेन बाले हावामा हाने कि क्या हो भन्ने मनमनै लागेर आसामको मामली भाइ रामचन्द्र उपाध्यायलाई सोधेँ र वास्तविकता अवगत भयो । त्यसैले ओलीको बहुविषयक गहन ज्ञान,कलात्मक प्रस्तुति र तीव्र स्मरण शक्ति अचम्मकै लाग्छ । एमाले नेताले ओली नै पनि राम्ररी पढे भने ज्ञानी हुनसक्छन् तर पढे भने …।
ओली र एमाले नै देश जनताको एकमात्र सुरक्षा किल्ला
ओलीले केही समय अघि १०,२० जनाको होइन तीनकरोड जनताको जन अदालत गठन गर्ने कुरा गर्नु भएको थियो । हुन पनि आम जनताको लोकप्रिय पार्टी ओलीको कुशल नेतृत्वको प्रभाव चाहिने बेला देखिनेछ । एमाले र ओलीले गरेको एक आह्वानमा आवश्यक पर्यो भने आम जनता सडकमा उत्रनेछन् । देश र जनताको हित र रक्षाका लागि आवश्यक पर्यो भने त्यसका कामको पूर्वाभ्यासका लागि एमालेले आफ्नो अगुुवाइमा चुनावी तालमेल गरेको हो ।
चुनावबाट बहुमत ल्याएर तमाम विकृति समूल नस्ट गर्ने हो । यही अवस्था देखेर र बुझेर माकुने ओलीदेखि थर्कमान भएका हुन् । एमाले र तालमेलको बहुमत सरकार बनेपछि उनी पहिलो किस्तामा पर्ने वाला छन् । अपराधको भाँडो भरिएपछि आफैँ फुट्छ । तर पनि अर्झै पनि भरसक सुधार्ने नै हो । सामान्य ठाने पनि ओली अद्भूत अविश्मय र अगम्य हुनुहुन्छ । उहाँका मुखाकृति र हाउभाउबाट कसैले केही पनि भेउ पाउन्न तर काम फत्ते गरेपछि धेरैले चाल पाउँछन् । सम्ुद्रमा अकस्मात् सुनामी आएको हत्तपत्र थाहा पाइन्न । यस्तो सनामीले देशका सबै सडलपडल पातपतिङ्गर उडाउँछ, उडाउनु पर्छ ।












प्रतिक्रिया दिनुहोस्