जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार ०८:२८

अमेरिकाको सपिङ मलमा गोली चल्यो : २० जनाको को मृत्यु, २६ घाइते


टेक्सास,साउन १९ । अमेरिकाको टेक्सासस्थित एक सपिङ महलमा गोली चल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार टेक्सासस्थित एल पासो सपिङ सेन्टरमा गोली चलेको हो । सिएनएनका अनुसार गोली प्रहारबाट २६ जना घाइते भएका छन ।

शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी मिडियाहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका दाबी गरी खबर दिएका छन् । गोली चलेको स्थान मेक्सिको सिमाना नजिकै रहेको छ ।