एजेन्सी, १२ कात्तिक । ब्रिजिट बार्डो, यो १९५० ताकाकी अभिनेत्री हुन् जसले अझै पनि फ्रान्सेली चलचित्रहरूको सबैभन्दा सुन्दर नायिकाको रूपमा चिनिन्छिन्। ब्रिजिटले फ्रान्सेली फिल्महरूमा बोल्डनेसको नयाँ बेन्चमार्क सेट गरिन्। उनका फिल्महरू यति बोल्ड थिए कि एक पटक अमेरिकामा उनका फिल्महरू देखाएको आरोपमा धेरै हल मालिकहरूलाई जेल हालिएको थियो ।
आफैंले ४ विवाह गरिसकेकी ब्रिजिट बार्डोले एक अन्तर्वार्तामा आफुले जीवनमा १०० जनाभन्दा बढीसंग अफेयर रहेको स्वीकार गरेकी छन् । यस्तो रंगीन जीवन बिताएकी ब्रिजिटको बाल्यकाल भने ठ्याक्कै उल्टो थियो । उनलाई निकै कडा अनुशासनमा राखिएको थियो ।
यस्तोसम्म कडाई थियो की उनले साथी पनि आफू खुसी बनाउन पाउदिन थिन्, आमाले नै छनोट गरिदिन्थिन् । बुबा यति कठोर थिए कि उनले एकपटक फूलको गमला फुटाउँदा ब्रिजिटलाई २० कोर्रा हानेर सजाय दिएका थिए । त्यसपछि उनलाई कहिल्यै आफ्नो बुबा नभन्न निर्देशन दिएका थिए । करिब २५ वर्षको फिल्मी करियरमा ब्रिजिट धेरै विवादित रहिन् ।
फिल्म निर्देशकदेखि बारटेन्डरसम्म संग उनको सम्बन्ध थियो। पैसा पनि धेरै कमाइन् । ब्रिजिट अझै जीवित छन्। उनी फ्रान्समा बस्दै छिन् र अहिले ८८ वर्षकी भइन् । अहिले उनी पशु अधिकारकर्मीका रूपमा समय बिताइरहेकी छन् ।
ब्रिजिट बार्डोको जन्म २८ सेप्टेम्बर १९३४ मा पेरिसमा भएको थियो । उनका बुबा लुइस बार्डो एक प्रसिद्ध उद्योगपति थिए र आमा उच्च समाजकी महिला थिइन्। ब्रिजिटलाई सानोमै एम्बलियोपिया भएर निको पारिएको थियो, जसले उनलाई आफ्नो देब्रे आँखाले देख्न लगभग असक्षम बनायो ।
ब्रिजिटको सौन्दर्यबाट प्रभावित भएर एले पत्रिकाका निर्देशक हेलेन गोर्डन लाजारेफले १९४९ मा ब्रिजिटलाई जुनियर फेसन मोडलको रूपमा नियुक्त गरे । १९५० मा, केवल १६ वर्षको उमेरमा, ब्रिजिट एले पत्रिकाको कभर गर्ल बनिन् । म्यागजिन बजारमा आउनेबित्तिकै ब्रिजिटलाई धेरै फिल्मको अफर आउन थाल्यो ।
१९५६ मा, ब्रिजिट बार्डो पति रोजर वाडिम, र भगवान क्रिएट वुमन को निर्देशकीय डेब्यू मा देखा परिन। यस फिल्मबाट ब्रिजिट एक अन्तर्राष्ट्रिय स्टार र सेक्स सिम्बोलको रूपमा उभिइन् । फिल्म यति बोल्ड थियो कि अमेरिकामा निकै विरोध भएको थियो । चलचित्र प्रदर्शनमा आएका हलका सञ्चालक समेत पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्