जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार ११:३९

सुनको भाउले बनायो पुन: नयाँ रेकर्ड, कारोवार भने ठप्प


काठमाडौं, साउन १९

सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ । आज अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् । अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको उनीहरुको भनाइ छ ।