काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।
लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो । पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट आउट ४३ रन बनाए ।
जितका लागि पाएको १८९ रनको लक्ष्य नेपाल पुलिसले ३८।१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका कप्तानले ४३ रन बनाउने क्रममा ६० बलमा ४ चौका हाने ।













प्रतिक्रिया दिनुहोस्