जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १७:४५

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार


काठमाडौं, कात्तिक १७  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार तेहेरिक इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको छ।

केही समयदेखि जारी लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो। गोली चलाइएपछिउनीसँगै रहेका पार्टीका सांसदसहित चारजना घाइते भएका छन्।

पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका क्रममा इमरानमाथि आक्रमण भएको हो। 

पाकिस्तानी टेलिभिजन जियोले इमरानको खुट्टामा गोली लागेको उल्लेख गरेको छ। घटनालगत्तै पुगेका एक डाक्टरलाई उद्धृत गर्दैजियोले जनाएअनुसार इमरानलाई अहिले अस्पताल लगिएको छ।

गोली चलेपछि अहिले इमरानको र्‍यालीमा तनाव भएको छ। त्यहाँ परिचालित सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेकाछन्। 

कन्टेनरमा अन्धाधुन्धा गोली चलाएका ती व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरिसकेको छ।