जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०८:३६

आर्सनलद्वारा चेल्सी पराजित


काठमाडौं, २१ कात्तिक । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १(० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १(० को अवे जित हासिल गर्‍यो ।

जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ ।

जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ ।