जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०९:२७

नेयमारको गोलमा पिएसजी विजयी


काठमाडौं, २१ कात्तिक । स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लोरिएन्टलाई २(१ अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १(१ को बराबरी गर्‍यो ।

८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २(१ को जित दिलाए ।

जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ ।