जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार ०७:०२

भारतका पूर्वबिदेशमन्त्री शुष्मा स्वराजको निधन


काठमाडौं, साउन २२ । भारतका पूर्वविदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा पूर्वमन्त्री स्वराजको निधन भएको हो ।

६७ वर्षीकोउमेरमा निधन हुनुभएकी नेतृ स्वराज २५ वर्षको उमेरमा राजनीतिमा आउनुभएको थियो । उहाँ तीन पटक विधानसभा चुनाव लडेर निर्वाचित हुनुभएको थियो भने सात पटक सांसद हुनुभएको थियो । स्वराज एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासन मानिनुहुन्थ्यो । स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकारमा बिदेश मन्त्रालयको नतृत्व सम्हाल्नुभएको थियो ।

प्रधानमन्त्री मोदीसहित भारतका शीर्ष नेताहरुले स्वराजको निधनप्रति गहिरो शोकब्यत्तः गर्दै श्रद्धान्जली दिनुभएको छ । मोदीले एक असाधारण नेताको निधनको शाकमा भारत रहेको बताउनु भएको छ ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर आज १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ ।