जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ०९:१०

एमाले कार्यकर्ता पक्राउ परेपछि घिरिङमा रोकियो मतदान


तनहुँ, ४ मंसिर । तनहुँको घिरिङ गाउँपालिका(१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले बताउनुभयो ।

उहाँका अनुसार झडपका कारण घिरिङ गाउँपालिका(१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन । एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताउनुभयो ।