जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ०६:०१

बेलको गोलमा हारबाट जोगियो वेल्स


एजेन्सी, ६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।

अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १(१ गोलको बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो पहिलो विश्वकप गोल हो ।

तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १(१ गोलको बराबरीमा ल्याए ।

अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले सहजै गोल गरे । यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् ।

समूह ुबीु मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।