जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १३:२१

जीतलगत्तै गगनले गरे प्रधानमन्त्रीका लागि तयारी थाल्ने उदघोष


काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएलगत्तै प्रधानमन्त्रीका लागि तयारी थाल्ने उदघोष गर्नुभएको छ । कांग्रेस महामन्त्रीसमेत रहनुभएका थापाले यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गर्नुभएको छ ।

२१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापा उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुनुभयो ।