जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १३:३२

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा भीषण आगलागी


काठमाडौं, साउन २२ । बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको छ। केही मय पहिले आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र पठाइएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागी के कारणले भएको हो भन्ने अझै केही खुलिसकेको छैन ।