जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १४:२९

बालुवाटारको सुबिसुको कार्यालयमा लागेको भीषण आगलागी नियन्त्रणमा


काठमाडौं, साउन २२

बालुवाटस्थित सुबिसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ । सो कार्यालयको इन्धन भण्डारण भएको ठाँउबाट आगो सल्किएको बुझिएको छ । इन्टरनेट र केवल टेलिभिजन प्रदायक कम्पनी सुविसु चाइनिज एम्बेसी नजिकै रहेको छ । दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका हुन् ।

आगलागीको कारण खुल्न सकेको छैन । सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रण आएको जनाइएको छ ।