जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १९:१६

‘मन्त्रीज्यू, कोटेश्वर–जडिबुटी सडक खण्डमा सुरुङ मार्ग बनाउन ढिलाई नगरौं’


काठमाडौं, साउन २२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले कोटेश्वर–जडिबुटी सडक खण्डमा तत्काल सुरुङमार्गको निर्माण अघि बढाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उहाले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगी रहनुपरेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई तत्काल अगाडी बढाउन आग्रह गर्नुभयो । साथै उहाले सुर्यविनायक देखी घुलिखेलसम्मको ६ लेनको सडकविस्तारको कामपनि अगाडी बढाउन माग गर्नुभयो ।

नेपालकै सबैभन्दा ठुलो जाम हुने क्षेत्रका रुपमा कोटेश्वर–जडिबुटी खण्ड रहेको भन्दै त्यहा निर्माण गरिने भनिएको सुरुङमार्ग बनाउन सम्वन्धित मन्त्रालयसँग माग गर्नुभयो । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सुर्यविनायक– धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामाबसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पूर्वी नेपालतर्फ जाने दैनिक करिव २० हजारभन्दा वढी सवारी साधनगुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सुर्यविनायक – धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्प नभएको समेत बताउनुभयो । ‘भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिननसकेको जस्तो अनुभति भएकोले सम्बन्धीत मन्त्री तथा मन्त्रालयले उचित पहल कदमि लिने र योबाट महत्वका साथ अघि बढाउन आग्रह छ’, सांसद बस्नेतको भनाई छ ।