जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार ०६:१८

अष्ट्रेलियो डेनमार्कलाई हराउदैं नकआउट चरणमा


एजेन्सी, १५ मंसिर । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो । अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् । यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो ।

डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।