एजेन्सी, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा मेक्सिकोले जित निकालेको छ । लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २(१ गोल अन्तरले हराएको हो । खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरेपनि मेक्सिको २–१ ले विजयी भयो ।
साउदीमाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्