जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १५:५६

रहेनन् राखेपका पूर्व सदस्य सचिव सिंह


काठमाडौं, १५ मंसिर । काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको निधन भएको छ ।

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन सेट रहेका सिंहको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको हो । सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको थियो । सिंह २०५९ सालदेखि २०६३ सम्म राखेपका सदस्य सचिव हुनुहुन्थ्यो ।

उहाँ ६ पटकको राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुनुहुन्छ । सिंहको श्रीमती र एक छोरी हुनुहुन्छ ।