जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १४:३०

समायोजन भएका स्थानीय तहमा हाजिर गर्न नपाएपछि कर्मचारीले घेरे मन्त्रालय


काठमाडौं, साउन २३ । स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार फर्किएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन । काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारीहरु बिहीबार मन्त्रालयमा धर्ना बसेका हुन ।

आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्। उनीहरु मन्त्रालयो मूल गेटमै कर्मचारीहरू धर्ना बसेका छन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू धर्नामा बसेका हुन्।

काठमाडौं महानगरपालिकामा खटिएका उपसचिव ओमकुमार श्रेष्ठले मन्त्रालयका सचिवले कर्मचारीहरू खटिएकै स्थानमा हाजिर भइ काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए पनि त्यसो हुन नसकेको बताउनु भयो ।