जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०६:०६

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा


एजेन्सी, १८ मंसिर । नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३(१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे ।

अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २(० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २(१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३(१ को सहज जित दिलाए ।

यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।