जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०६:१२

कतार विश्वकपमा आज : नकआउट चरणका दुई खेल हुँदै


एजेन्सी, १८ मंसिर । काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८स्४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

फ्रान्स समूह ुडीु को विजेता र पोल्याण्ड समूह ुसीु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

इंग्ल्यान्ड समूह ुबीु को विजेता र सेनेगल समूह ुएु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।