जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १६:४५

प्रदेश राजधानी हेटौडानै चाहिन्छ भन्दिन, तर सिंहदरवारको छाँयामा चाँहि हुन्न : मुख्यमन्त्री पौडेल


काठमाडौं, साउन २२ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्टिकरण दिनुभएको छ । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने अडान पनि मुख्यमन्त्री पौडेलले राख्नुभएको छ ।

मुख्यमन्त्री बनेपछि काठमाडौंको पहिलो पटक पत्रकारसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौडा हुनैपर्छ भन्ने मान्यतामा आफू नहरेको प्रष्ट पार्नुभयो । यद्यपी उहाँले मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर भने गर्नुभयो । अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने जिकिरपनि मुख्यमन्त्री पौडेलले गर्नुभयो ।

‘सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरें भने घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविक रुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो, तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडा नै चाहिन्छ भन्दिनँ, तर राजधानी यो राजधानीमा (काठमाडौं) मा चाँहि हुँदैन । यो मेरो निर्णय हो ।’

संघीय राजधानी रहेको काठमाडौंमा प्रदेश राजधानी राखिए सिंहदरवारको छाँया पर्ने उहाँले बताउनुभयो । ‘यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं ? कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने ? यी सबै मान्छे काठमाडौंमा आउने र काठमाडौं अस्तव्यस्त शहरको रुपमा रुपान्तरण हुने कुराको अन्त्य गर्न सबभन्दा पहिले राजधानीको पपुलेसनलाई डाइभर्ट गर्नुपर्छ । यो एउटा वैज्ञानिक आधार हो । अब २०/२५ वर्षसम्म यिनै कुरा गरेर म आएँ । अब फेरि राजधानीलाई ल्याएर काठमाडौंमै राख्नुपर्छ भनेर मैले भनें भने मेरो २० वर्षको इतिहास, मैले जे कुरा गरें, जे लगानी गरें, त्यो खेर जान्छ,’ मुख्यमन्त्री पौडेलको भनाई थियो ।

उहाँले आफू प्रदेश राजधानी नुवाकोटमा लान पनि म तयार रहेको प्रष्ट पार्नुभयो । ‘नुवाकोट राख्दा पनि कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँ त्यो क्षेत्रको पनि विकास हुन सक्छ, जनताले काठमाडौं बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौं भने काठमाडौंमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो,’ पौडेलको भनाई थियो ।

भोलि राजधानी जहाँ भए पनि सबैले सहज ढंगले स्वीकार गर्ने वातावरण बनोस् भन्नेमात्र मेरो चाहना हो । यसले गर्दा केही ढीला भएको हो,’ पौडेलले भन्नुभयो । उहाँले स्थायी राजधानीसँगै नाम टुंगो लगाउने बताउनुभयो । ‘एक्कै दिन, एउटै प्रस्तावमा नाम र राजधानी हुन्छ । र, यहाँ मेरो कुनै इन्ट्रेष्ट छैन । तर, सैद्धान्तिक हिसाबमा मात्रै मैले कुरा गरेको हो,’

प्रदेश राजधानीजस्तो विषयमा दुई/चार जनाले भन्नुभन्दा पनि सिंगो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति हुनुपर्ने उहाँको भनाई थियो । ‘यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो, दलहरुबीच सहमति भयो भने राम्रो हुन्छ,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो । संविधानले राजधानी कहाँ बनाउने, कसरी बनाउने भन्ने कुराको व्यवस्था गरिसकेको भन्दै उहाँले अव प्रदेशसभाको दुईतिहाई सदस्यको बहुमतले जहाँ भन्छ, त्यहीँ बनाउने बताउनुभयो ।

‘भोलि राजधानी जहाँ भए पनि सबैले सहज ढंगले स्वीकार गर्ने वातावरण बनोस् भन्नेमात्र मेरो चाहना हो । यसले गर्दा केही ढीला भएको हो,’ पौडेलले भन्नुभयो । उहाँले स्थायी राजधानीसँगै नाम टुंगो लगाउने बताउनुभयो । ‘एक्कै दिन, एउटै प्रस्तावमा नाम र राजधानी हुन्छ । र, यहाँ मेरो कुनै इन्ट्रेष्ट छैन । तर, सैद्धान्तिक हिसाबमा मात्रै मैले कुरा गरेको हो,’ पौडेलको भनाई थियो ।