जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १२:१४

मलाई गोली हान्ने जोखिम धेरै छ : एलन मस्क


न्युयोर्क, १९ कात्तिक । बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने ट्वीटरका नयाँ मालिकले फेरि अर्को नयाँ विषयलाई लिएर ध्यानाकर्षण गर्नुभएको छ । मस्कले आफूलाई केही नराम्रो हुने वा शाब्दिक रूपमा गोली हान्ने खतरा बढेको बताउनुभएको छ ।

ट्वीटर स्पेसमा दुई घन्टा लामो अडियो च्याटमा मस्कले भन्नुभयो, ‘साँच्चै भन्नुपर्दा मलाई केहि नराम्रो हुने खतरा, वा शाब्दिक रूपमा गोली हान्ने जोखिम धेरै महत्त्वपूर्ण छ । म पक्कै पनि खुला कार परेड गर्न गइरहेको छैन ।’ उहाँले अगाडि थप्नुभयो, ‘कसैलाई मार्न गाह्रो छैन । त्यसैले आशा छ कि तिनीहरूले केही गर्दैनन र भाग्य मुस्कुराउँछ । मेरो सवालमा यो हुँदैन । त्यहाँ निश्चित रूपमा केही जोखिम छ ।’

टेस्ला र स्पेसएक्सका सीईओले अभिव्यक्ति स्वतन्त्रताको महत्व र ट्वीटरको लागि आफ्नो भावी योजनाको बारेमा समेत चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,‘दिनको अन्त्यमा हामी केवल एक भविष्य चाहन्छौं जहाँ हामी उत्पीडनमा पर्दैनौँ । (जहाँ) हाम्रो बोली दबाइदैन र हामी बदलाको डर बिना भन्न चाहेको कुरा भन्न सक्छौंँ ।’

प्राविधिक अर्बपतिले इतिहासभर स्वतन्त्र अभिव्यक्ति ‘अत्यधिक असामान्य’ रहेको बताउनुभएको छ । ‘नियन्त्रित भाषण पूर्वनिर्धारित हो, वाक् स्वतन्त्रता होइन’, उहाँले भन्नुभयो ।