जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार २०:२१

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत कोइराला पौने सात लाख घुससहित पक्राउ


काठमाडौं, साउन २३

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित रंगेहात पक्राउ परेका छन् । कोइरालालाई अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख ७५ हजार रूपैयाँ घुससहित राजधानीबाट पक्राउ गरेको हो ।

कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार साँझ दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । कोइरालाले जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार कोइरालालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।